काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९परिसूचक० एक दशमलव २१ बिन्दुले घटेर २५२ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको सात लाख नौ हजार ३७९ कित्ता शेयर रु २१ करोड २९ लाख १७ हजार २२ मा खरीद बिक्री भएका थिए ।
कारोबार भएका कूल नौ उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोबारमा वृद्धि भएको छ । वित्त उपसमूह शून्य दशमलव ९१ र अन्य उपसमूह दुई दशमलव ३४ बिन्दुले बढेको छ । यस्तै बैङ्किङ छ दशमलव तीन, होटल १९ दशमलव ६४, विकास बैङ्क पाँच दशमलव ९७, जलविद्युत् २२ दशमलव ७९, निर्जीवन बीमा १२ दशमलव ७८, माइक्रोफाइनान्स सात दशमलव ५७ र जीवन बीमा ३२ दशमलव १८ बिन्दुले घटेका छन् ।