नेपाल पाकिस्तानसँग पराजित

आजभोलि

काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग-यो ।

पाकिस्तान ए का लागि तैयव ताहिरले सर्वाधिक ५१ रनको योगदान दिए । त्यस्तै वमिर विन युसुफले ३६ रन बनाए भने कमरान गुलामले ३१ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिए भने पवन सर्राफले २ विकेट झारे । त्यस्तै कुशल मल्लले १ विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले एक सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेले ।

सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रनको साझेदारी गरे । यस साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगायो । प्रतिशले २४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २६ रन बनाए ।

पन्ध्र दशमलव ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाइसकेको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली सम्मानजनक योगफल बनाउन सफल भयो । त्यसैगरी अर्जुन साउद तथा कुशल मल्लले समान १७÷१७ रन बनाए । गुलशन झाले १९ बलमा एक चौकाको सहयोगमा १३ रन बनाए भने ओपनर आसिफ शेखले १२ रन जोडे । त्यसबाहेक अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पाकिस्तान ए का लागि शाहनवाज दहानी एक्लैले पाँच विकेट लिए भने मोहम्मद वासिम जुनियरले चार विकेट लिए । त्यस्तै मुबासिर खानले एक विकेट लिए । जितसँगै पाकिस्तान ए टोली समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपालले आफनो दोस्रो खेलमा आगामी साउन १ गते भारत ए सँग खेल्नेछ । प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश र ओमान ए छन् भने समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ ।

  • २९ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !