शेरधन राईले राष्ट्रपति कार्यालयमै मेरा सम्वेदनशील अंग समाए : बालिका खड्का (भिडियो सहित)

आजभोलि

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नै पार्टीकी एक नेतृले आफ्नो सम्वेदनशील अंगमा समाएर यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।

तत्कालीन एमालेको युवा संघ नेपालकी पूर्व केन्द्रीय सदस्य बालिका खड्काले राईलाई यौन हिंसाको आरोप लगाएकी हुन् । खड्काको यस्तो आरोपले अहिले  तरंग उत्पन्न भएको छ । शेरधन राईले बालिका खड्कालाई प्रहरी बोलाएर थुनाएको समेत रहस्य बाहिर आएको छ ।

‘नेपाल आज’ नामक युट्युब च्यानलसँगको अन्तर्वार्ताका क्रममा बालिका खड्काले मुख्यमन्त्री राईले आफूलाई यौन हिंसा गरेको बताएकी छिन् । उनी प्रधानमन्त्री खड्गप्रसाद ओलीको सचिवालयको अधिकृत भएर काम समेत गरेको दाबी गरेकी  छिन् ।

बालिका खड्काले राईले आफूलाई गरेको यौन हिंसाबारे उजुरी दिएको बताएकी छिन् । उजुरी गर्दा आफूलाई प्रधानमन्त्री ओलीको सचिवालयबाट जागिरबाट हटाएको बालिका खड्काले बताएकी छिन् । त्यसपछि आफूलाई युवासंघको केन्द्रीय सदस्य पदबाटै हटाएको पनि उनले बताएकी छिन् ।

विद्यादेवी भण्डारीले राष्ट्रपति पदको दोस्रो पटक जिम्मेवारी लिँदै गर्दा शीतलनिवासमै मुख्यमन्त्री राईले आफ्ना सम्वेदनशील अंगमा छोएको उनले दाबी गरेकी छिन् । मुख्यमन्त्री राईले यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् ।

‘राईले व्यवहारमा आफूलाई प्रेमिका वा श्रीमती जस्तो व्यवहार गरेको तर सम्बन्धबारे केही निष्कर्ष ननिकालेको या भनौं सम्बन्धलाई कुनै पनि नाम दिन सकेको छैन’, बालिका खड्काले भनेकी छिन् । राईले आफूलाई सांकेतिक मेसेज पठाउन थालेको उनले बताइन् ।

राईविरूद्ध निवेदन दिएपछि प्रधानमन्त्री ओलीले पनि एकहोरो आफूलाई मात्र गाली गरेको बालिका खड्काले बताएकी छिन् ।

न्यायको लागि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलाई पनि भेटेर जानकारी गराएको उनले बताएकी छिन् । तर, पार्टीका शीर्ष नेताहरूले अध्यक्षले नै मिलाउने भनेर पन्छिएका थिए । शीर्ष नेताहरूले राई र बालिका खड्का दुबै घटना हुनुमा जिम्मेवार रहेको बताएको बालिकाले बताएकी छिन् ।

यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई पनि महिला पत्रकारमाथि यौन हिंसा गरेको आरोप लागेको थियो । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेको अभियोगमा बर्खास्त गरिसकिएको छ ।

केही दिन अगाडि सिङ्गापुर उपचार गर्न जाने भनेर हिँडेका मुख्यमन्त्री राई जर्मनी हुँदै अमेरिका पुगेका थिए । राईले अमेरिकामा आफन्तलाई प्रयोग गरेर पत्रकारलाई समेत कुटाएपछि विवाद भएको थियो ।

 

  • १२ मंसिर २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !