काठमाडौं । डा. गोविन्द केसी बझाङ्गको देउलेख पुगेका छन् । उनी स्वास्थ्य सेवा प्रदान गर्न वित्थडचिर गाउँपालिकाको देउलेख प्राथमिक स्वास्थ्य चौकी पुगेका हुन् । निःशुल्क स्वास्थ्य सेवाको बारेमा स्थानीय बासिन्दालाई जानकारी दिएका थिए ।
उनी देउलेखमा संचालन हुने २ दिने नसा तथा हाडजोर्नी सम्बन्धि हेल्थ क्याम्पका लागि यहाँ आएका हुन् । उनले चेकअप तथा ओषधि निःशुल्क रुपमा प्रदान गर्ने जनाइएको छ ।
डा. केसी आएको थाहा पाएपछि सुनकुडा, स्याडी तथा बाग्थलाबाट ठूलो संख्यामा स्थानीयहरु आएका छन् । र, आफ्ना समस्या डा. केसीलाई बताएर उपचारको सेवा लिएको जनाएको छ ।