काठमाडौं । विश्व हिन्दू महासंघले एक वक्तव्य जारी गरी काठमाडौंमा आयोजित एशिया प्यासिफिक समिटको कडा निनदा तथा घोर भत्र्सना गरेको छ । अध्यक्ष डा. रमचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आफ्नै आमाको छातीमा बुट बजार्ने राष्ट्रघाती देशद्रोही कार्य कार्य हो । क्रिश्चियनहरुको नेतृत्वमा आयोजना गरिएको समिटलाई शिवभूमीमा क्रिश्चियनको ताण्डप भनिएको छ ।
अमेरिकन गुप्तचर संस्था सीआईए तथा युनिभर्स पीस फेडेरेशन लगायतका क्रिश्चियन संस्थाहरुको संयोजनमा गरिएको कार्यक्रममा सरकारको संलग्नता रहनु निन्दनीय कार्य भएको जनाएको छ । यसले सरकारको भूमिकामाथि नै प्रशन उठेको जनाएको छ ।
वक्ततव्यमा भनिएको छ, सम्मेलन हिन्दू धर्म तथा हाम्रो संस्कृतिमाथि प्रहार गर्ने ध्येय स्पष्ट रहेको जनाएको छ । नेकपा नेतेत्वको सरकारले हिन्दू तथा बौद्ध धर्मालम्बीहरुको मनोबल गिराउने कार्य गरेका भन्दै सरकारको निन्दा समेत गरेको छ ।
सरकारले एउटा एनजीओले गरेको कार्यक्रमलाई यति प्राथमिकता दिएर राज्य शीक्तको दुरुपयोग गरेको भनेर सामाजिक संजालमा बिरोध भइरहेको छ । सम्मेलन १४ र १५ काठमाडौंमा आयोजना गरिनेछ ।