खप्तड शैलेश्वरी गोल्डकप दोस्रो संस्करण सुरु

आजभोलि

डोटी । डोटीमा खप्तड–शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिता, २०८० दोस्रो संस्करण शनिबारदेखि सिलगढीमा सुरु भएको छ ।

डोटी उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा जिल्लास्तरीय खप्तड शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पुर्याउने र खेलाडीको मनोबल बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले बताए ।

उद्घाटन खेल भैरवप्रसाद गण (ए) र पूर्वीचौकी गाउँपालिकाबीच भएको थियो । उक्त खेलमा भैरवप्रसाद गण पूर्वीचौकी गाउँपालिकासँग ८–१ गोल अन्तरले विजयी भएको गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए ।

खेलको पहिलो हाममा दुई गोल गरेको गणले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । पहिलो हाफमा गोल गर्न नसकेको पूर्वीचौकीले दोस्रो हाफमा एक गोल मात्रै गर्न सक्यो । भैरवप्रसाद गणका अनीश लामा खेलको ‘म्यान अफ द म्याच’ बनेका छन् ।

शनिबारदेखि सुरु भएको उक्त प्रतियोगिताअन्तर्गत फुटबलमा डोटी जिल्लाभित्रका आठ समूह सहभागी छन् ।

त्यस्तै, पोल ‘बि’अन्तर्गत सिवाइएस सिलगढी, ब्ल्याक स्टोन ब्वाइज, भैरवप्रसाद गण (बि) र सेती प्राविधिक शिक्षालयबीच खेल हुने आयोजकले जनाएको छ । नकआउट प्रणालीद्वारा खेलाइने प्रतियोगिता साउन १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

  • ७ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !