काठमाडौं । क्रिश्चियन धर्म परिवर्तन गर्ने अग्रीणी तथा विवादस्पद संस्था युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । काठमाडौंमा आयोजना गरिएको एशिया प्यासिफिक समिटका उक्त पुरस्कार दिइएको हो ।
उक्त संसथाले नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख अमेरिकी डलर छ ।
पुरस्कार रकम प्रधानमन्त्रीले युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका थिए ।