काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश कमिटीमा रहने सदस्यको नामावलीको सार्वजनिक गरेको छ ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो ।
यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ ।
नामावली यस प्रकार रहेको छ ।