काठमाडौं । मिस नेपालश्रृंखला खतिवडा अन्ततः मिस वर्ड २०१८ को टप ३० मा परेकी छिन् । उनी केन्या र मेक्सिको प्रतिस्प्रधिलाई मल्टिमिडिया अवार्डमा पछि पारेपछि टप ३० मा पर्न सफल भएकी छिन् ।
उनले हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएर टप ३० मा पुग्ने अवसर गुमाएकी श्रृंखलालले अन्ततः मल्टिमिडियामा जितेपछि उक्त स्थानमा पुगेकी छिन् ।
यो उनका लागि महत्वपूर्ण अवसर हो । यसलले उनलाई आगामी च्यालेन्स तथा प्रतिस्प्रर्धाका लागि मार्ग प्रसस्त गरेको छ । उनका लागि आगमी प्रतिस्प्रर्धा निकै चुनौतिपूर्ण रहेको छ ।