बाँके । प्रदेश नं ५ मा मानव अधिकारको अवस्था आशालाग्दो नभएको निष्कर्ष निकालिएको छ । इन्सेकले नेपालगञ्जमा गरेको छलफल कार्यक्रमका सहभागीले समाजमा हिंसा, अराजकता, दण्डहिनताको अवस्था विद्यमान भएकाले मानव अधिकारकर्मीले नयाँ ढङ्गबाट काम गर्नुपर्ने सुझावसहित यस्तो निष्कर्ष निकालेका हुन् ।
मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, महिला अधिकारकर्मी, द्वन्द्वपीडितको सहभागितामा भएको कार्यक्रममा अधिकारवादी संस्थाले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यसअवसरमा इन्सेकका केन्द्रीय अध्यक्ष डा इन्दिरा श्रेष्ठले मानव अधिकार सबैको साझा विषय हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा अब राजनीतिक अधिकारको आन्दोलन सकिएकाले सामाजिक मुद्दातर्पm अधिकारकर्मीको ध्यान केन्द्रित हुनुपर्ने सल्लाह दिनुभयो ।
कार्यक्रममा अधिकारकर्मी भोला महत, सुरेश गौतम, चन्द्रकान्त चापागार्इं, प्रकाश उपाध्याय, अछरी पोखरेललगायतले बोल्नुभएको थियो