कैलाली । सुदूरपश्चिमको पुरानो अस्पतालको अवस्था लथालिंग छ । जताततै फोहरै फोहर छ । ट्वाइलेटमा पानी छैन् । र सरसफाई पनि छैन् । अस्पतालमा प्रशस्त बेड छैनन् । आधुनिक प्रविधिको प्रयोग छैन् । दिनानुदिन अवस्था खस्किदो रहेको छ ।
सुदूरपश्चिम प्रदेशको ‘रिफरल” अस्पतालका रूपमा हेर्ने गरिएको सेती अञ्चल अस्पतालको भौतिक संरचना पहिलेको तुलनामा सुधार हुँदै गए पनि उपचार सेवाको गुणस्तरमा भने खासै सुधार हुननसकेकाले उपचारका लागि आउने बिरामीले बेलाबखत विभिन्न कठिनाइ व्यहोर्नुपरेको छ ।
अस्पतालको चारतले भवनको मेडिकल वार्डमा भर्ना भएका बिरामीले उक्त वार्डको शौचालयमा प्राय पानीको अभाब हुने गरेको छ । ‘‘शौच गर्न जाँदा शौचालयमा एक थोपा पानी भेटिँदैन, फोहरले डुङडुङ्ती गन्हाउँछ, एक बिरामीका आफन्त लालबहादुरले भन्नुभयो, “उपचारका लागि जाने बिरामी उल्टै थप बिरामी भएर निस्किनुपरेको जस्तो वातावरण छ ।”
अस्पताल भवनका कतिपय संरचना अपाङ्गमैत्री नहुँदा अशक्त अपाङ्ग बिरामीलाई उनका आफन्तले पिठ्युमा बोकेर मेडिकल वाडमा पु¥याउनुपरेको छ । वृद्ध र अशक्त बिरामीका लागि हुइलचियरको व्यवस्था नहुँदा शौचालयसम्म पु¥याउन कठिन हुने गरेको आफन्तको भनाइ छ ।
यो अस्पताललाई आवश्यक सुविधासहितको प्रदेशिक अस्पताल बनाउने प्रारुप तयार पारिए पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । चुनावताका विभिन्न राजनीतिक दलका उम्मेदवारले उक्त अस्पताललाई ५०० शय्याको बनाउने योजना सुनाए पनि त्यसको कार्यान्वयनमा अहिलेसम्म चासो देखाइएको छैन ।
“उपलब्ध जनशक्तिले भ्याएसम्म सेवा दिन खोजिरहेका छौँ, अस्पतालका सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, “जनचेतना अभावका कारण फोहर हुनेलगायत समस्या भने हट्नसकेको छैन ।” विसं २०४० मा स्तरोन्नति भएको उक्त अस्पतालमा स्वीकृति प्राप्त र विकास समितिको गरी हाल २३७ शय्या सञ्चालनमा छन् ।
अस्पतालमा दरबन्दीअनुसारका दक्ष एवं विशेषज्ञ चिकित्सकलगायतका जनशक्तिको अभावमा पनि खासै सुधार हुनसकेको छैन । अस्पतालमा पछिल्लो पटक सघन उपचार कक्ष, सिकलसेल परीक्षण, डायलासिस सेवालगायत सेवासुविधा सञ्चालन गरिए पनि सर्वसाधारणले सहज र सुलभ रूपमा उक्त सेवा पाउन नसकेको गुनासो गर्दै आएका छन् ।