सरकारलाई कर्मचारीको पूर्ण सहयोग : प्रम ओली

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको बताउनुभएको छ । अन्तर प्रदेश परिषदको बैठक समापनगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“कर्मचारीहरु पनि संघीयतामा पोख्तहोइनन् । उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसैले संघीयता सफलपार्न कर्मचारीले असहयोग गरे,सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् ।उनीहरुले जाने बुझे अनुसार सहयोग नै गरेका छन् । ”

आवश्यकता अनुसारका कर्मचारी नहुँदा प्रदेशहरुमा कर्मचारीको अभावभएको हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

लोकतन्त्र विरोधी केहीतत्वहरुले विभिन्नविषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “सरकारलाई कहाँबाट बदनामगर्न सकिन्छ । संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरु कुरेर बसेका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस्ताहरुलाई मौकादिनुहुदैन ।”

देशमा अनेक नाममा द्वन्द्वमच्चाउने र विखण्डनकोे प्रयास गर्नेका विरुद्ध सरकारले कडा कदमचाल्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाभएको छ । अबचाहिएको कुन व्यवस्था हो ?यहीव्यवस्था भित्रबाट जे चाहिएको हो त्यही कुरा पाउन सकिन्छ” प्रधानमन्त्रीओलीले भन्नुभयो “त्यस कारण अनेक नाममाबखेडा किनझिक्ने ? यो त केवलचन्दा उठाउने र जनतालाई त्रसितपार्ने काममात्रहो ।”

आजको बैठकमा प्रदेश ५ कामूख्यमन्त्रीशंकर पोख्रेल,कर्णालीप्रदेशकामूख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदुरपश्चिमप्रदेशकामख्यमन्त्रीत्रिलोचनभट्टले आफ्नाप्रदेशका समस्याका बारेमा प्रतिवेदन पेश गर्नुभएको छ ।

आजको बैठकले प्रदेश र संघका काममा तालमेल मिलाउन,आवश्यक कानुनहरुको परिर्माजन गर्न र प्रदेशहरुलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा अध्ययनगर्नका लागि गृह मन्त्री रामबहादुर थापाबादलको स ंयोजकत्वमा एक समिती गठन गरेको छ ।

समितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीलालबाबु पण्डित, अर्थमन्त्री डा.यूवराज खतिवडा,प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत,प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेल र मख्य सचिब लोकदर्शन रेग्मी रहेको एक समिति गठन गरेको छ । समितीलाई आगामीपुष ३ गते प्रधानमन्त्री केपीशर्मा ओलीलाई प्रतिवेतनबुझाउने जिम्मादिइएको छ ।

  • २४ मंसिर २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !