काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिको बैठक शनिवार दिउसौ १ बजे बस्ने भएको छ ।बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जनाएको छ ।
सचविालयको बैठकमा भने ढिलो भएको भन्दै माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ तथा बामदेब गौतमले बहिस्कार गरेको थिए । तर पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र महासचिव बिष्णु पोडेलको बैठकले स्थायी कमिटिको मति तय गरेको थियो ।
बहिस्कार पक्षधर बैठक पार्टी कार्यालयमा बस्नु पर्ने अडान राखेका थिए । सोही अनुसार बैठक पार्टी कार्यालयमा डाकिएको श्रोतले जनाएको छ । यसअघिका सबै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरेका थिए ।
बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने बताए ।
स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन । शनिबार बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पु¥याउनेछ ।
यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।
स्थायी कमिटिको बैठकमा माधार कुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा झलनाथ खनाल पक्षधरले नेतृत्व तथा विगतमा भएका निर्णयको कडा प्रतिवाद गर्ने जनाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको मनोमानीको बिरोध गर्ने समेत जनाइएको छ ।