काठमाडौं । नेपाल सरकारले एक सय बाहेकका भारतीय नोट नसाटिने घोषणा गरेपछि स्थानीयहरु मार्कामा परेका छन् । भारतबाट काम गरेर घर फर्केकाहरु अन्यौलमा छन् । उनीहरुले दैनिक कामकाज नै प्रभावित भएका छन् । घर फर्कदा अधिकांश कमदार क्यास बोकेर आउने गर्दछन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला नेपाली भन्दा भारु नोटहरुको बढी कारोबार हुने गर्दछ ।
भारतीय रुपैयाँ २ सय, ५ सय र १ हजारका नोट नचलाउने सरकारको निर्णयपछि सुदूरपश्चिम प्रदेशका स्थानीयवासी समस्यामा परेका हुन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीले घर फर्किदा ल्याएका भारतीय नोट अहिले नसाटिन थालेपछि उनीहरु निकै समस्यामा परेको डोटीका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो ।
रोजगारी गरी भारतबाट फर्किदा उनीहरु भारतीय नोट ल्याएका छन्, सरकारले भारतीय नोट नसाट्ने भनेपछि समस्या भएको छ, उहाँले भन्नुभयो, हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ।
सरकारको निर्णयमा पहाडी जिल्लामा व्यापार व्यवसायलाई पनि गारो तथा कठीनाई रहेको एक व्यवसायीले जानकारी दिए । पहाडमा बैंक नभएको कारण बढी जसो क्यास कारोबार हुन्छ, यसकारण सटहीमा समस्या उत्पन्न भएको उने बताए ।
नेपाल सरकारकाले एकाएक बिना तयारी भरतीय एक हजार, दुइ हजारका नोट नसाट्ने निर्णय गरे लगत्तै यो अन्यौलता सिर्जना भएको हो ।