इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु

आजभोलि

एजेन्सी । इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको एक सुरक्षा अधिकारीले बताएका छन् ।

दियाला प्रान्तीय कमान्ड अला अल–सादीका अनुसार इराकी राजधानी बगदाददेखि करिब ९० किलोमिटर उत्तरपूर्वी सहर बजिहियिा नजिकैको एउटा गाउँमा उक्त कार सडक किनारामा राखिएको बमसँग ठोक्किएको थियो ।

त्यसपछि कारमा अज्ञात बन्दुकधारीहरूले गोली चलाएका थिए । कारमा भएको दोहोरो हमलामा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको अल–सादीले बताए । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

जातीयरूमा मिश्रित दियाला प्रान्तले सन् २००३ पछिको वर्षहरूमा कुर्दिश, सुन्नी र सिया समुदायहरूबीचको अशान्ति र छिटपुट हिंसाको सामना गरिरहेको छ ।

आतङ्कवादी समूह इस्लामिक स्टेट (आइएस) का केही अवशेषहरूले समयसमयमा सर्वसाधारण र इराकी सुरक्षा बलविरुद्ध हमला गर्दै आएका छन् । उनीहरू दियाला प्रान्तको पूर्वी भाग र प्रान्तको उत्तरमा रहेको हिमरिन पहाडी क्षेत्रमा सङ्गठित भएका छन् ।

  • १५ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !