ललितपुरका सांसद नवराज सिलवालले चुनावको बेला होटलमा खाएको रकम तिरेनन्

आजभोलि

ललितपुर ललितपुर १ का सांसद नवराज सिलवालले चुनावका बेला नेता कर्याकर्तालाई खाना खुवाएको झण्डै पाँच लाख रकम अझै होटलहरूलाई नतिरेको तथ्य बाहिर आएको छ ।

चुनाव प्रचारप्रसारका लागि सिलवालले गरेको खर्च मध्य ४ लाख ८० हजारभन्दा बढी रकम महाकाल गाउँपालिकामा तिर्न बाँकी रहेको बुझिएको छ । 

उनले महाकाल गाउँपालिका वडा नम्बर ३ गोटिखेलमा मात्र २ लाख १२ हजार १०० रुपैयाँ तिर्न बाँकी रहेको छ । राजकुमार घलानको होटललाई १२ हजार ५ सय रुपयाँ तिर्न पर्ने देखिएको छ । 

सबैभन्दा बढी चिना थोकरको होटेल चाइना टाउनमा तिर्न बाँकी छ । उनका अनुसार सिलवालले १ लाख ९२ हजार तिर्न बाँकी रहेको छ । 

फूलमायाको होटेलमा ३ हजार ५ सय तिर्न बाँकी छ भने बुद्ध नेसुरले खाजा खाना खुवाएको ४ हजार १ सय रुपैयाँ तिर्न सिलवालले कुनै चासो नदेखाएको भन्दै उनीहरूले असन्तुष्ट जनाएका छन् ।

महांकाल गाउँपालिका २ मा पनि सिलवालको चुनाव प्रचारमा हिड्ने कार्यकर्तालाई गरिएको खर्च अहिलेसम्म तिरिएको छैन । जसमा १ लाख २६ हजार रुपैयाँ नतिरेको देखिन्छ ।

बिन्दुमाया लामाको होटेल मानिखेलमा सबैभन्दा बढी ९२ हजार रकम तिरिएको छैन भने हिरामाया स्याङ्तान कतोनभन्ज्याङमा २० हजार र बुद्ध नेगिको होटेल खोर भञ्ज्याङ्मा १४ हजार तिर्न बाँकी रहेको उनले बताए । सोही गाउँपालिका ५ चन्दनपुरमा १ लाख ५ हजार ४ सय तिर्न बाँकी रहेको त्यहाँका होटेल संचालकले जनाएका छन् ।

सीताराम दाहालको होटेलमा ३६ हजार तिर्न बाँकी रहेको विवरण जिल्ला पार्टीमा बुझाएको उनीहरुले दाबी गरेका छन् । खर्चको बिल पार्टीको च्यानलमार्फत दिएको होटल संचालकहरूको भनाइ छ तर उक्त बिल कहाँ छ भन्ने बारे पार्टीले कुनै जानकारी दिएको छैन् ।

चन्दनपुरकै कुमार नेगीकोमा ३३ हजार र कर्म वाइवाको होटलमा २६ हजार तिर्न बाँकी रहेको उनीहरूले जिकिर गरेका छन् । होमबहादुर घलानको होटेललाई समेत १० हजार तिर्न बाँकी रहेको भन्दै उनीहरूपार्टी नेतृत्वको ध्यानाकर्षण गराइरहेको बताउँछन् ।

चुनावकै बेला खर्च भएको रकम भन्दै सोही गाउँपालिकाको वार्ड नम्बर ४ कालेश्वरमा रोमबहादुर थोकरले आफ्नो ३७ हजार रकम नतिरेको जिकिर गरेका छन् । चुनाव भएको १ वर्ष बितेका कारण भएका खर्चको आधिकारिकता खोज्न समस्या भएको नेकपा जिल्ला पार्टीले जनाएको छ ।

चुनावको बेला प्रदेश सांसद सुशीला र प्रतिनिधि सभा सांसद सिलवालले संयुक्त रुपमा खर्च गर्ने सहमती गरेका थिए । आफ्नो भागमा परेको खर्च सबै साढे तीनलाख तिरेको सुशीलाले बताइन् ।

  • ८ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !