‘नदीको विनाश होइन विकास गर्नुपर्छ’

आजभोलि

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनाश नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया-बूढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विनाश मात्र नभई विकास गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले यस क्षेत्र भएर बग्ने केशलिया बूढीखोला नदीको सौन्दर्यकरण एवं विकासले यहाँका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताए । करिडोर बनेसँगै बर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र ९सेज०मा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनले धारणा राखे ।

मुख्यमन्त्री कार्कीले सरकारले समृद्धिको पाइला चाल्न जनताको पैसा सही ठाउँमा सदुपयोग गर्ने अठोट गर्दै प्रदेशको एक सय ३७ पालिकाका जनताको जीवनस्तर उकास्नका लागि प्रतिबद्धता जनाए । उनले परियोजना अन्तर्गतको नदीमा बाँध निर्माण तत्काल सुरु हुने घोषणा गरे ।

अध्ययन प्रतिवेदन निर्माण कर्ताद्वय महेन्द्र सुब्बा र प्रशान्त मल्लले दुहवी नगरपालिका, बूढीगङ्गा, बर्जु गाउँपालिका तथा विराटनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत रु. एक अर्ब ३२ करोड रहेको जानकारी दिए । आगामी तीन वर्षमा सम्पन्न गरिने उक्त परियोजनाले दुहवीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनाका साथै खोलामा बाँध निर्माण र सौन्दर्यकरण गरिने उल्लेख गरिएको छ ।

मुख्यमन्त्री कार्कीलाई स्विस नियोगको सहयोगमा निर्माण गरिएको उक्त प्रतिवेदन राजीव उपाध्यायले हस्तान्तरण गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठलगायतले परियोजना निर्माणले उद्योग स्थापना एवं विराटनगर विमानस्थलको धावनमार्ग विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

  • २० पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !