काठमाडाैं । आज बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभाकाे बैठक सूचना टाँस गरेर स्थगित भएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै बैठक स्थगित गरिएको हाे ।
पछिल्लो राजनीतिक परिस्थितिबारे सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग टेलिफोन संवाद गरेका थिए । दलहरूको सुझावका आधारमा आजकाे बैठक स्थगित गरिएको हो ।
आज प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा जवाफ दिने कार्यतालिका थियो । अर्काे बैठक फागुन २४ गते बस्ने भएकाे छ ।