नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनले नेपाल प्रेस युनियनको आगामी नबौ महाधिबेशनमा अध्यक्षपदको लागि आफ्ना सदस्य दीपक आचार्य लाइ उठाउने निर्णय गरेको छ |युनियन का चितवन अध्यक्ष अनिल ढकालले जारि गरेको बिज्ञप्तिमा युनियनको पुष २१ गते बसेको पूर्णकालीन बैठकले नेपाल प्रेस युनियनका केन्द्रीय बरिस्ट उपाध्यक्ष दीपक आचार्य लाइ युनियनको आगामी नबौ माहाधिबेशनमा अध्यक्ष पदका लागि उमेद्वारी दिने निर्णय गरेको छ भनिएको छ |
बिज्ञप्तिमा दीपक आचार्य बिगत लामो समय देखि नेपाल प्रेस युनियनमा क्रियाशील रही आएका, युनियन को पोखरामा सम्पन्न आठौ महाधिबेसनमा अत्याधिक मत ले बरिस्ठ उपाध्यक्ष जितेका र इटहरीमा सम्पन्न सातौ महाधिबेसनमा मध्यमान्चल संयोजकको भूमिका निर्बाह गरिसकेको ले पनि नबौ महाधिबेशनको लागि अध्यक्ष पदको स्वाभाविक दाबेदार रहेको उल्लेख गरिएको छ |
बिज्ञप्तिमा अगाढी भनिएको छ , पत्रकार दीपक आचार्य बि सं २०५२ शाल देखि चितवन जिल्लामा रही सक्रिय पत्रकारिता गर्दै आउनु भएको छ | पत्रकारिताको माध्यम द्वारा समुदायको रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएको र व्यवशायिक पत्रकारिताको बिकाशमा क्रियाशील रहेको भन्दै नेपाल पत्रकार माहासंघ चितवनले बि सं २०५५/०५६ मा आचार्यलाइ “ उत्कृस्ट पत्रकारिता पुरस्कार ( २०५५/०५६ ) ले सम्मान गरेको थियो | यसरि नै उहाँले पत्रकारिताकै माध्यमद्वारा मोफसलमा रही आबाज बिहिन हरुको आबाज लाइ मुखरित गर्न सफल हुनुभएको र नेपाली नागरिक तथा ग्रामिण क्षेत्रको उत्थानमा सहयोग पुरयाउनु भएको भन्दै नेपाल प्रेस युनियन चितवनले बि सं २०६० शालमा “ नेपाल प्रेस युनियन पत्रकारिता पुरस्कार तथा प्रशंशा पत्र -२०६० “ बाट सम्मान गरेको थियो | यसरी
सामाजिक र जातीय भेद भाब बिरुद्ध कलम चलाउनु भएको भन्दै नेपाल दलित संघ चितवनले २०७१ सालमा प्रसंशा पत्र सहित सम्मान गरेको थियो | पत्रकार दीपक आचार्यको पत्रकारिता क्षेत्रको क्रियाशीलता र योगदानको उच्च कदर गर्दै नारायणी टुडे राष्ट्रिय मासिकले थाइल्याण्डमा सम्पन्न आफ्नो १७ ओं बार्षिकोत्सबमा “उत्कृस्ट पत्रकार २०७३ “ ले सम्मान गरेको थियो |
पत्रकार आचार्यलाइ रास्ट्रीयता , लोकतन्त्र , समाजबाद र प्रेस स्वतन्त्रता प्रति समर्पित रही २दशक बढी समय देखि पत्रकारिताको मध्यमबाट नेपालि पत्रिकारिता र प्रेस स्वतन्त्रताको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नेपाल प्रेस युनियन कपिलबस्तुले “ उतक्रिस्ट पत्रकार सम्मान -२०७५ “ ले सम्मान गरेको थियो | यसै गरि नेपाल पत्रकार माहासंघ चितवनले पत्रकार दीपक आचार्य लाई जिल्लामा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन एबम ब्यबसायिक पत्रकारिताको बिकासमा योगदान पुर्याएको भन्दै “ मैयादेबी पत्रकारिता पुरस्कार -२०७५ “ ले पुरिस्क्रित गरेको छ |
पत्रकार आचार्य चितवन बाट प्रकासित हुने नया सृस्टि को कार्यकारी सम्पादक , पिपलबोट साप्ताहिक को प्रधान सम्पादक हुदै हाल प्रत्यक्ष रुपमा युगवाणी डट कम न्युज पोर्टल मा कार्यरत छन् भने अन्य विभिन्न संचार मध्यममा लेख लेक्ने गरेका छन् | यस अघि आचार्यले कान्तिपुर पब्लिकेशनको साप्ताहिक, नेपाल , कामना पब्लिकेशनको समाचारपत्र दैनिक , कामना मासिक का साथै स्पेस टाईम दैनिक , चानल नेपाल , हिमालय टाइम्स दैनिक , नया सडक दैनिक , पत्रिका सातदिने, लगायतका थुप्रै पत्र पत्रिका हरु मा काम गरेको अनुभब बटुली सकेका छन् |
हाल नेपाल प्रेस युनियनको बरिस्ठ उपाध्यक्ष रहेका दीपक आचार्य नेपाल प्रेस युनियनको आगामी नबौ महादिबेशन का लागि अध्यक्ष पदको लागि प्रमुख दाबेदार मानिन्छन | यसै बीच नेपाल प्रेस युनियन चितवन ले आचार्यलाइ केन्द्रीय अध्यक्ष पदका लागि उमेद्वारी दिने निर्णय गर्दै उनलाई जिताउन आह्वान समेत गरेको छ |