एजेन्सी ,सोमबार बिहानै इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । बिबिसीका अनुसार भूकम्प स्थानीय समय अनुसार सोमबार बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पले पारेको क्षतिको विबरण अझै आइनसकेको बिबिसीको भनाई छ।
खोजी तथा उद्धार एजेन्सीका अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने महसुस गरिएको थिएन । यस्तै, भूकम्पपछि सुनामीको पनि कुनै खतरा नरहेको भनाई छ । गएको डिसेम्बरमा आएको सुनामीका कारण इन्डोनेसियामा ४ सय भन्दा बढीले मानिसहरुले ज्यान गुमाई सकेको भएपनि पटक -पटक भने कुनै क्षती नभएको बताइएका छन् ।
सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभावित हुदै गएको थियो। सुनामीका कारण सयौँ घरहरु भत्किएपछि प्रभावित भई जनजीवन भने सामान्य अवस्थामा आउन समेत लामो समय लागेको थियो ।