आजदेखि जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान

आजभोलि

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु गर्दैछ । चार महिनासम्म सञ्चालन हुने उक्त अभियान अन्तर्गत आज राजधानीमा बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई जसपा नेपालले प्रशिक्षण दिनेछ ।

जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका लागि मधेस प्रदेशको जनकपुरमा भदौ १५ गते तथा रौतहट, बारा, पर्सा र हेटौँडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा, कोशी प्रदेशका लागि भदौ १८ गते विराटनगरमा तथा लुम्बिनी प्रदेशका लागि भदौ २३ गते भैरहवामा र भदौ २४ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

यस्तै भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङका लागि तथा नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्तालाई अभिमुखीकरणमा सहभागी गराइने छ । गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण कार्यक्रम राखिएको सो पार्टीले जनाएको छ ।

  • ९ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !