संविधानको मर्मअनुरुप काम गर्नुपर्नेमा कोशी प्रदेशका मुख्यमन्त्रीकाे जाेड

आजभोलि

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धिको दिशामा अघि बढाउने दायित्व आफूहरूको भएको बताउँदै तदनुरुप प्रदेश सरकार क्रियाशील रहेकाे बताए  ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक तथा जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी सहभागितामूलक र समतामूलक समाजको निर्माणको सङ्कल्प  संविधानले गरेको स्मरण सन्देशमा गरेका छन्  ।

सन्देशमा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !