लागु औषध चरेस सहित एक जना पक्राउ

आजभोलि

चित्र माया श्रेष्ठ, बझाङमा २ किलो ४८० ग्राम लागु औषध चरेस सहित एक जना युवा प्रक्राउ परेका छन् । प्रक्रउ पर्नेमा कैलाली जिल्ला चुरे नगरपालिका वडा नम्बर ५ घर भएका २१ वर्षीय जयबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यलले बताएका छन् ।

मंगलबार राति बुंगल नगरपालिका वडा नम्बर ३ वीरपई सेरा विजगडामा रहेको अस्थायी प्रहरी विटबाट प्रहरी नायब निरीक्षक नैन सिंह भाटको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेका हुन ।

विट अगाडिको चेक पोष्टमा सवारी चेक जाँच गर्ने क्रममा विजगडा बाट बगथला तर्फ जाँदै गरेको रोयल इन्फिइल्ड लेखिएको अन टेष्ट मोटसाईकल चेकजाँच गर्दा मोटरसाईकल चालकले प्रहरीलाई धकटपकट गरी भागेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताएको छ।

मोटर साईकलको पछाडि बसेका धामी र मोटर साइकललाई भने प्रहरीले नियन्त्रणमा लिएको डीएसपी धितालले बताए । भाग्ने ब्यक्तिको अनुसन्धान भइरहको उनको भनाई छ । मोटराईकल पछाडि बसेका धामीले समातेको झोलाबाट एक थान, राहदानी एक थान, जय बहादुर धामीको नागरीकता प्रमाणपत्र १ थान, जय बहादुर धामीको नामको देशभत्त जनगणतान्त्रिक मोर्चा नेपालको रसिद र सिल्भर स्क्रीन फूटेको मोबाइल एक थान फेला परेको प्रहरीले बताएका छन् । डीएसपी धितालका अनुसार बझाङ जिल्लामा चरेश धेरै उत्पादन हुने र यसको नियन्त्रणका लागि नयाँ कदम चालेको बताएको छ।

स्थानीय बाँसिले सुचना नदिएको कारण धेरै सिविलमा प्रहरी परिचालन गरी यस्ता अबैधानिक गतिविधि रोक्न प्रहरी लागिपरेको उनले बताएका छन्। अहिलेसम्म १८ किलो, १ किलो र यो २ किलो ४८० ग्राम गरी जम्मा २१ किलो ४ सय ८० ग्राम चरेस प्रहरीकै सक्रियतामा समाप्त गर्न सफल भएको उनको दाबी छ ।

  • २५ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !