काठमाडौं । नेकपाका नेता योगेश भट्टराईले अनसनरत डा गोविन्द केसीको सबै माग पूरा गरेको दावी गरेका छन् । उनले सामाजिक संजालमा भनेका छन् ‘डा. केसीलाई पुन आग्रह गर्दछु बिधेयकका बारेमा सहि सूचना लिनुहोस्, तपाईंका सबै माग पुरा भएका छन, यदी कुनै कमी भएमा आउनुहोस् संगै बसेर छलफल गरौ ‘ ।
भट्टराईले के लेखे फेसबुकमा ?
तत्कालीन माओवादी र सात दलका बीचमा भएको सहमतिको जगमा शान्तिपूर्ण जनक्रन्ती, सशास्त्र बिद्रोह अनी बिभिन्न बर्ग र समुदायको आन्दोलनको सफलता, त्यसको बिकसित परिणाम सँघीय लोकतान्त्रिक गणतन्त्रको संबिधानको निर्माण । नेपाललाई असफल राष्ट्र बनाएर आफ्नो स्वार्थको रोटी सेक्न चाहनेहरुका लागि यो स्विकार गर्न गार्हो भाईरहेको सबैले बुझेकै कुरा हो । त्यसमा पनि एमाले र माओवादी बीचको पार्टी एकता र बहुमतको कम्युनिस्ट सरकारले त ति तत्वलाई रिँगटा नै छुट्यो । आफ्नो करतुत लुकाउन अनि समाजमा अराजकता मच्चाउन आफूले नसक्ने भएपछि सामाजिक प्रतिस्ठा कमाएका सिलेबल मानिस तिर उनिहरुले आँखा लगाए । हिम्मतिलो, हठी र मुढी स्वभाबका डा. गोबिन्द केसी उनिहरुको नजरमा परे । डा. केसीको सामाजिक ईज्जत, प्रतिस्ठा र भबिस्यका बारेमा उनिहरुलाई कुनै चिन्ता छैन् । छ त् केवल डा. केसिलाई दाउमा राखेर समाजमा अराजकता मच्चाउने षड्यन्त्र ।
षड्यन्त्रका पूजारीहरुलाई लागेको थियो संसदको समितिले गोबिन्द केसीका कुनै पनि माग पुरा गर्दैन र त्यही निँहुमा पुन बितन्डा मच्चाउने तर संसदको समितिले डा. केसीसंगका सहमतिका आधार मै चिकित्सा शिक्षा बिधेयक अघि बढाए पछि उनिहरु हतप्रभ भए । डा. केसीलाई गुमराहमा राखेर फेरी अनसन बसाए । ति तत्वको त के नै पो जान्छ र ? दु:ख पाउने त डा. केसीले नै त हो ।
चिकित्सा शिक्षा बिधेयक त बहाना मात्र थियो भन्ने कुरा आज अनसन बस्नु अधि प्रधानमन्त्रि केपी ओली, पार्टी अध्यक्ष प्रचन्ड, नेताहरु र नेकपाका बारेमा डा. केसीका मूखबाट बक्न लगाईएका तुच्छ आरोप र घटीया शब्दहरुले स्पस्ट हुन्छ । यो नेपाल राष्ट्र, जनता र नेकपा बिरुद्धको सुनियोजित प्रपन्च हो भन्ने कुरा नेकपाका सबै सदस्यहरुले बुझ्नु पर्दछ ।
डा. केसीलाई पुन आग्रह गर्दछु बिधेयकका बारेमा सहि सूचना लिनुहोस्, तपाईंका सबै माग पुरा भएका छन, यदी कुनै कमी भएमा आउनुहोस् संगै बसेर छलफल गरौ, राष्ट्र बिरोधी षड्यन्त्रकारीहरुको गोटी नबन्नुहोस्, आफ्नो सामाजिक छबी बचाउनुहोस् ।