प्रस्तावित प्रहरी एेनलाई लिएर संघिय सरकार विरूद्व प्रदेश २ अदालत जाने

आजभोलि

जनकपुरसंघिय सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’ विरुद्ध प्रदेश २ अदालत जाने भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले अदालतमा जाने बताएका छन् ।

 सो विधेयकमा पहिलो पटक प्रदेश प्रहरी गठन गर्दा नेपाल प्रहरीबाट समायोजन वा काजमा खटाइने प्रावधान राखिएको छ । तर प्रदेश २ ले प्रदेश प्रहरी ऐन बनाईसकेको छ । प्रदेशमा प्रहरी भर्नाको तयारीको प्रारुप समेत तयार पार्न लागेको बेला संघिय सरकारले अबरोध गर्न लागेको प्रदेश २ ले जनाएको छ ।

‘संघिय सरकारले प्रहरी एेन बनाउन सकेको छैन । प्रदेश अन्तर्गत प्रहरी प्रशासन छैन ’ , भन्दै आन्तरिक मामिला मन्त्री यादवले प्रदेशको शान्तिसुरक्षाको सवालमा सरकार मुकदर्शक बनेर बस्न नसक्ने बताए ।

  • २ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !