गोरू जुधाएको हेर्न हेलिकप्टर चार्टर गरे मन्त्रीले

आजभोलि

गोरू जुधाएको हेर्न हेलिकप्टर चार्टर गरे मन्त्रीले

धादिङ । धादिङमा भएको गाेरू जुधाइ कार्यक्रम हेर्न प्रदेश ३ का मन्त्रीले हेलीकप्टर चार्टर गरेका छन् । संघीय राजधानीबाट गाडीमा तीन घण्टामा पुगिने धादिङ कृषिमन्त्री चक्रपाणि खनाल हेलिकप्टर चार्टर गरेर पुगेका हुन् । 

धादिङको नीलकण्ठ नगरपालिका खाल्टे–फ्याक्सेमा माघेक्रान्तिको अवसरमा आयोजित पाँचौ गोरुजुधाई कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खनाल हेलिकप्टर लिएर पुगेका हुन् । सो कार्यक्रममा उनले गोरु जुधाई  हेरेर आनन्द समेत लिएका छन् ।

गोरु जुधाईबाट आनन्द लिदै उनले गोरु जुधाई पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने दाबी समेत गरे ।

 ‘कतिले पशु जुधाएर किन मनोरञ्जन लिएको भन्न सक्लान् । तर मलाई लाग्छ, केही परम्परा यस्ता छन् जसले हामीलाई अगाडि बढ्न, विगत सम्झनको लागि र आर्थिक विकास गर्नका लागि ढोका खोल्दछ । यो कार्यक्रमका लागि ऐक्यबद्धता जाहेर गर्दछु ।’ 

‘नेपालको समृद्धि र विकास नै हाम्रो लक्ष्य हो । त्यसको प्राप्तिको लागि हामीले कृषि, पर्यटन, ऊर्जाजस्तै अरु कयौँ कार्यक्रमहरु अघि बढाउनु परेको छ’, उनले भने, त्यसकारण यो कार्यक्रमले यहाँहरुलाई एकताबद्ध मात्रै पार्ने छैन, देशैभरी सकारात्मक सन्देश प्रवाह गर्नेगरी यहाँहरुले पर्यटन व्यवसाय, कृषिमा आधुनिकीकरण, उद्योगधन्दा र  ऊर्जाको क्षेत्रमा रहेका असीमित सम्भावनाहरुलाई  विकास गर्नका लागि धेरै नै महत्व राख्दछ ।’ 

  • २ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !