काठमाडौं । भारतको प्रयागराजमा कुम्भ मेला शुरु भएको छ । कुम्भ माघ १ गतेदेखि शरु भएको हो । मकरसंक्रान्ति देखि शुरु भएको कुम्भ मेला ५० दिन चल्नेछ ।
पहिलो दिन ऋषिहरुबाट वैधिक मन्त्रोचारण पछि शाही स्नान शुरु भएको थियो । ऋषिहरुले विधी गंगामा डुबल्कि मार्दै स्नान गरेका थिए । त्यपछि कुम्भ मेलाको शुभारम्म भएको थियो । कुम्भमा साधु सन्त, हिन्दूधर्मालम्वी तथा भक्तजनहरुको ठूलो भीड थियो । लाखौले प्रयागराजमा स्नान गरेका थिए ।
रयागस्य तु सर्वे ते कलां नार्हन्ति षोडशीम् ।
एवं ज्ञानं च योगश्च तीर्थं चैव युधिष्ठिर ।
बहुक्लेशेन युज्यन्ते तेन यान्ति परां गतिम् ।
त्रिकालं जायते ज्ञानं स्वर्गलोकं गमिष्यति ॥
(मत्स्य पुराण ११०.१९-२०)
प्रयागराज हिन्दूहरुको सबैभन्दा ठूलो तीर्थ मध्ये एक हो । हिन्दू धर्म अनुसार मत्स्य पुराणमा प्रयागराजलाई तिर्थको राजा उल्लेख गरिएको छ । उक्त पुराणका अनुसार प्रयागराजमा स्नान गर्नाले मानिसको रोगव्याधी निको हुने उल्लेख गरिएको छ । साथै कुम्भ स्नान गर्दा तत्वज्ञान प्राप्त हुने र आफूले सोचेको पूरा हुने जनविश्वस रहेको छ ।
विधि पूर्वक स्नान गर्दा आफ्ना १० पुस्तासम्म पितृ स्वर्ग जाने विश्वास गरिन्छ । र, भक्तहरुको सेवा गरेपनि पुण्य प्राप्त हुने विश्वास गरिएको छ ।
उत्तर प्रदेश सरकारले भक्तजनहरुको सुविधाको लागि राम्रो व्यवस्थापन गरिएको जनाइएको छ । ठाउँ ठाउँमा पानी, बस्ने व्यवस्था, स्नानका लागि सयौं स्वयमसेवको परिचालन तथा गंगमा व्यवस्थित गरिएको छ ।
एक दिनमा ६ लाख भन्दा बढी भक्तहरुले स्नान गरेको भारतीय संचार माध्यमले जनाएका छन् । अर्धकुम्भ भए पनि यसलाई भुक्ममेलाको रुपमा प्रचार प्रसार तथा व्यवस्थापन गरिएको छ ।