गोर्खाली उदय
स्वीस बैंकमा अनेक नामधारी नेपाली पासपोर्टवाहक साहीवाहरूको नाममा खाता रहेछ । निश्चितरुपमा ती साहीवाहरू कुख्यात माफिया तथा आयल निगमको पूर्व कार्यकारी प्रमुख गोपाल खड्काकी रखैल जस्तै हुन् । अजय सुमार्गीका कनेक्सन र साझेदारीका कथाहरू अहिले सामान्य लाग्न थाले ।
विश्वमा समेत विलिनियर भनेर चिनिएको नेपालको सर्वाधिक धनी बिनोद चौधरी, तर उस्ले कहिल्यै नेपालको राज्यलाई आफ्नो सम्पत्ति अनुसारको कर तिरेन । धनी बिनोद चौधरी, सबैभन्दा बढी कर बुझाउने व्यक्ति सिद्धार्थ राणा र अरुहरू । त्यही विनोद चौधरीले अनेक नामका कम्पनीहरू कर छल्नेहरूको लागि स्वर्ग (ट्याक्स हेभन) मुलुकहरूमा खडा गरेर नेपालको पैसा बाहिर निर्यात् गरिरहेको छ ।
सबैभन्दा रमाइलो र खोजी गर्न लायक कुरा के छ भने स्वीस बैंक र ट्याक्स हेवन मुलुकहरूमा बैंक खाता र कम्पनीहरू खोल्ने क्रम २०५२ सालको जनयुद्धसंगै शुरु भएको रहेछ । जनयुद्धको तयारीका क्रममा हातहतियार किन्न आफूले सकेको सहयोग गर्नुस् भनेर त्यतिवेलाको करोडौं रुपैंया देशविदेशमा रहेका नेपालीहरूसंग उठाइएको थियो ।
हतियार किन्ने सन्दर्भलाई सुरक्षा निकायको हतियार खोस्ने निर्देशनद्वारा छायाँमा पार्दै त्यो करोडौं रुपैंया एताउता गरिएको थियो । बैंकहरू र व्यक्तिका नीजि सम्पत्ति कब्जा गरिएका करोडौं रुपैंया बेहिसाव केही मान्छेहरूले नीजि बनाएका थिए । हिसाव किताव नमिल्दा एकाध घटना बाहिर आउँथे, अन्य सयौं आर्थिक घटनामा संलग्न कालेुहरूको भाग शान्ति जय नेपाल भित्रभित्रै मिल्थ्यो । संकटकालको शुरुवाततिर आइपुग्दा नेपालको माओवादी विश्वकै धनी बिद्रोही संगठन भनेर अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले लेख्न थालिसकेका थिए ।
शान्ति प्रक्रियामा आएपछि भएको खुलेआम लुटको बिसौं अर्व थपिएपछि त्यो पापको कमाईले स्वभाविकरुपमा सुरक्षित ठाउँ खोज्थ्यो । स्वीस बैंमा सबैभन्दा बढी पैसा जम्मा भएको अवधी पनि त्यही थियो भनेर रिपोर्टहरूको खुलासा हुँदैछ । नाम जे सुकै होस्, गोपाल खड्काकी रखैल होस् वा, अजय सुमार्गी होस् वा अरु नै कोही होस्, यी आर्थिक अपराध र देशलाई कङ्गाल पार्ने दुष्कर्म कहीं न कहीं २०५२ सालबाट शुरु भएर अहीलेसम्म निरन्तर चलिरहेको छ ।