काठमाडौं- सरकारले कोशी र नारायणी नदीमा पानीजहाज सन्चालन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले पानीजहाज सञ्चालनका लागि प्रशासनिक संरचनासमेत स्वीकृत गरिसकेको सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बताए।१६ जना इञ्जिनियर सहितको प्रशासनिक संरचना स्वीकृत गरेको बास्कोटाले बताएका छन् ।
उर्जा तथा जलश्रोत मन्त्रालयले पानीजहाज सञ्चालनका लागि समिति गठन गरेर अध्ययन गराईरहेका छन् ।
अध्ययनको सिलसिलामा कोशी र नारायणी नदीमा पानीजहाज सन्चालन गर्न सकिने देखिएको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिएको छ।