कांग्रेसका पूराना त्यागी नेता रेग्मीको निधन

आजभोलि

कांग्रेसका पूराना त्यागी नेता रेग्मीको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना, त्यागी र ईमान्दार नेता तथा नेपाली कांग्रेस कास्कीको पूर्व सचिव केशव रेग्मीको निधनको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वासको रोगबाट ग्रसित रेग्मीको उपचारका क्रममा निधन भएको नेपाल पत्रकार एंव न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । उहाँको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाउनुभएको थियो । २०२३ सालमा गण्डकी छात्रा समितिको स्थापनाकालका सदस्य एंव नेपाल बिद्यार्थी संघको स्थापना रेग्मीको ठुलो योगदान रहेको कांग्रेस वरिष्ठ नेता पौडेलले जारी गरेको शोक वक्तब्यमा उल्लेख छ । ‘२०२३ सालमा गण्डकी छात्रा समिति गठन गर्दा केशव जी र हामीले एकैसाथ काम गरेका थियौ ।

त्यो पछि गण्डकी साहित्य सम्मेलन गरेको मलाई अहिले पनि संझना छ । उहाँ गण्डकी छात्रा समितिको सदस्य पनि हुनुभएको थियो । पछि नेपाल बिद्यार्थी संघको स्थापना गर्दा पनि केशव जी हाम्रो साथमा हुनुहुन्थ्यो’ पौडेलले जारी गरेको शोक वक्तब्यमा भनिएको छ–‘मैले बिद्यार्थी कालमा केशव जीसंग धेरै समय बिताएको छ’ । बिद्यार्थी राजनीति मात्र होइन जेलमा समेत केशव जीसंगै धेरै समय विताएको छु ।

नेपाली कांग्रेसको राजनीतिमा अविचलित भई लामो समयसम्म नेपाली कांग्रेसलाई केशव जी आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने नेता हुनुहुन्थ्यो ।’ पत्रकार पराजुलीका अनुसार उहाँले जीवनभर आफु रोग र पिडाले छट्पटिंदा पनि प्रजातन्त्र र नेपाली कांग्रेसको मात्र चिन्ता लिइरहने गर्नुहुन्थ्यो । उहाँका दुई श्रीमति हुनुहुन्छ

  • ४ माघ २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !