कालंगा हाइड्रोको बेइमानीः स्थानीयसँग सम्झौता गर्दै, धोका दिदैं

आजभोलि

बझाङ्ग । कालंगा गाड हाइड्रोले स्थानीय जनतासँग गरेको कुनै पनि सम्झौता पूरा नगरेको स्थानीय जनताले आरोप लगाएका छन् । निकै तामझामका साथ शुरु भएको यस हाइड्रोले स्थानीयसँग बेइमानी गरेपछि स्थानीयहरु बिरोधमा उत्रिएका छन् ।

यस हाइड्रोका संचालक मध्ये एक खगेश्वर बोहरा स्थानीयसँगको विवाद मिलाउन बझाङ्ग पुगे पनि स्थानीयको अबरोधको कारण फर्केर आएका छन् ।

बुंगल अन्तरगत दहबगरका स्थानीयले अबरोध गरेपछि निर्माण कार्य नै अबरुद्ध हुने पुगेको छ । स्थानीय बासिन्दा आफूलाई धोका दिएको भन्दै प्रतिरोधमा उत्रिएका छन् ।

कालंगा हाइड्रोको कारण दहबगर, गिरौ, सन्स्यू, पाउटा लगायतका क्षेत्रमा खेती सिचाईमा समस्या उत्पन भएको जनाएका छन् । विस्तारै खेतीयोग्य जमिन बाँझो रहने अवस्था आएपछि मात्र बिरोधमा उत्रिएको स्थानीयले जनाएका छन् ।

संचालकले स्थानीयलाई सरकारले तोकेको भन्दा कम मुअब्जा दिएको आरोप पनि लगाइएको छ । स्थानीयलाई विभिन्न लोभ तथा आश्वासन दिएर सस्तो मूल्यमा स्थानीयसँग जग्गा लिएको आरोप समेत लागेको छ ।

बुंगलजस्तै सन्स्यू तथा वित्थडचिरमा पनि संचाललले स्थानीयलाई गुमराहमा राखेको स्थानीय बताएका छन् । कालिका मन्दिर निर्माण, जगन्नाथको मन्दिरको गुफा संरक्षण, रोड निर्माण गर्दा मासिएको स्थानमा वृक्षारोपण लगाएतका कार्य कुनै पनि कार्य सम्पन्न नभएको स्थानीयले जनाएका छन् ।

यस्तै सन्स्यूका स्थानीयसँग गरेको सम्झौता पनि कुनै लागू भएको छैन् । स्थानीय जलविद्युत बन्द हुने र खेती योग्य जमिन सिचाईमा समस्या आउने भन्दै स्थानीय बिरोधमा उत्रिएका छन् ।

संचालकहरुले आफू अनुकुल स्थानीयलाई प्रयोग गर्दै आएको आरोप समेत लाग्दै आइरहेको छ । यसको बारेमा बुुझ्न खोज्दा संचालक मध्येका एक उमेश श्रेष्ठको फोन उठेन । अर्का संचालक खगेश्वर बोहराको मोबाइलमा सम्पर्क हुन सकेन ।

स्थानीयसँग सहमति अनुसार कार्य नभएको भन्दै संघीय संसद भैरब बहादुर सिंहले पनि बिरोध गर्दै आइरहेका छन् ।

कालंगा हाइड्रोको टिमले स्थानीयलाई वेवास्ता गर्दै अघि बढेमा अझ बढी चुनौति तथा समस्याहरु झेल्नु पर्ने स्थानीय अंगद भण्डारीले चेतावनी दिएका छन् । उनका अनुसार बझाङ्गी जनतालाई भेडा सम्झेमा संचालकहरुले बेलैमा सचेत नभएका ठूलो क्षति व्यहोर्नु पर्ने समेत दाबी गरेका छन् ।

  • ५ माघ २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !