कुम्भ स्नानका लागि यी हुन् ५ मुख्य तिथिः यी दिनमा स्नान गरे स्वर्ग गइने धार्मिक विश्वास

आजभोलि

कुम्भ स्नानका लागि यी हुन् ५ मुख्य तिथिः यी दिनमा स्नान गरे स्वर्ग गइने धार्मिक विश्वास

काठमाडौं । भारतको प्रयागराजमा शुरु भएको कुम्भ मेला हिन्दू धर्मालम्वीको ठूलो भिड लागेको छ । माघ १ गतेबाट शुरु भएको उक्त कुम्भ शाही स्नानका साथ शुरु भएको थियो । अहिले पनि भक्तजनहरुको उपस्थिति बाक्लो रहेको जनाइएको छ ।

कुम्भमा स्नान गर्नका लागि मुख्य पवित्र तिथिहरु तोकिएका छन् । जनवरी १४ अर्थात् मकरसंक्राान्तिबाट शुरु भएको कुम्भ मेला मार्च ४ अर्थात् शिवरात्रीमा समापन हुनेछ । यो अर्ध कुम्भ मेला हो ।

गांगा स्नानका लागि मुख्य धार्मिक तिथिहरु


१. जनवरी १४ र १५ मा मकरसंक्रान्ति, पहिलो शाही स्नान
२. जनवरी २१ मा पौष पूर्णिमा
३ फेब्रुअरी ४ मा मौनी आमाभाश्य तिथि दोस्रो शाही स्नान
४. फेब्रुअरी १० मा बसन्तपञ्चमी तेस्रो शाही स्नान
५.फेब्रुअरी १९ मा माघी पूर्णिमा
६. मार्च ४ महाशिव रात्रीमा अन्तिम स्नान

अर्ध कुम्भ मेला

मुख्य तिथीहरुमा भक्तजनहरुको ठूलो भिड लाग्ने गर्दछ । नेपाल तथा भारतका विभिन्न स्थानमाबाट भक्तालुहरु आउने गर्दछन् ।

प्रयागराज हिन्दूहरुको सबैभन्दा ठूलो तीर्थ मध्ये एक हो । हिन्दू धर्म अनुसार मत्स्य पुराणमा प्रयागराजलाई तिर्थको राजा उल्लेख गरिएको छ । उक्त पुराणका अनुसार प्रयागराजमा स्नान गर्नाले मानिसको रोगव्याधी निको हुने उल्लेख गरिएको छ । साथै कुम्भ स्नान गर्दा तत्वज्ञान प्राप्त हुने र आफूले सोचेको पूरा हुने जनविश्वस रहेको छ ।

विधि पूर्वक स्नान गर्दा आफ्ना १० पुस्तासम्म पितृ स्वर्ग जाने विश्वास गरिन्छ । र, भक्तहरुको सेवा गरेपनि पुण्य प्राप्त हुने विश्वास गरिएको छ ।

  • ६ माघ २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !