तनहुँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विशेष जिल्ला अधिवेशन विधान विपरित भएको जनाएका छन् । उनले विधान विपरितको कार्य गरे कारबाही हुने समेत जनाएका छन् । तनहुँमा आयोजित नेपाली कांग्रेसको भेटघाटलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । माघ ८ गते एक समूहले विशेष जिल्ला अधिवेशन बोलाएको छ ।
पार्टीबाट कारबाहकिा लागि सिफारिस गरिएका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीद्धारा माघ ८ आव्हान गरिएको विशेष जिल्ला अधिवेशनलाई लक्षित गर्दे पार्टी सभापति देउवाले उक्त कुरा बताएका हुन् । देउवाले पार्टी विपरित जानेलाई भावी दिनमा कार्वाही हुने समेत बताएका थिए । त्यस्तै पार्टी सभापति देउवाले तनहुँ जिल्ला विगत देखिनै काग्रेसको किल्ला भएको हुँदा यसलाई जोगाई राख्न सबै भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
एकपटक चुनाव हारियो भन्दैमा निराश भइहाल्नु पर्देन सभापति देउवाले भने । ५ बर्ष विति हाल्न धेरै समय लाग्दैन त्यसैले आजै देखि तयारीमा जुट्न सभापति देउवाले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
त्यस्तै सभापति देउवाले तनहुँको दुलेगौंडामा रहेको जिपी कोइराला श्वासप्रश्वास केन्द्र वर्तमान सरकारले विघटन गर्न लागेको भन्दै त्यसको कडा प्रतिवाद गरेका थिए ।
सरकारको उक्त गलत कार्य विरुद्ध तनहुँबाटै आन्दोलन गर्न समेत पार्टी सभापति देउवाले निर्देशन दिएका थिए । वर्तमान सरकारले कर माथि कर थप्ने काम देखि निर्मलाका हत्यारालाई प्रकाउ गर्ने काम समेत नगरेको सभापति देउवाको भनाई थियो ।
File Photo