बस दुर्घटनामा १ को मृत्यु, १८ भन्दा बढी घाइते

आजभोलि

रामेछाप । मन्थली नगरपालीका १ मा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। घटनामा १८ जना भन्दा बढी घाइते भएका छन्।

ओखलढुंगाको घोराखोरीबाट काठमाण्डौंको लागि छुटेको बा ४ ख ४२१० नम्बरको अरनिको यातायात सेवा समितिको यात्रुबाहक बस आज दिउसो रामेछाप जिल्लाकोे मन्थली नगरपालीका १ मच्छेडाडीमा दुर्घटनामा भएको हो।

घटनामा परी मृत्यु हनेमा ओखलढुंगा चम्पादेवी ६ का २५ वषीय ओम कार्की रहेका छन् । केही घाइतेहरुको अवस्था भने गभ्भिर रहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । घाईते हुनेहरुमा मन्थली नगरपालीका ५ सुनारपानीका निरज भुजेल, सुनारपानी ५ का १८ वर्षिय अजय भुजेल ,सुनारपानीकै १७ वर्षिय गौतम भुजेल, २१ वर्षीय युनिषा भुजेल ,सुनारपानीका ४८ वर्षीय नारायण कार्की,भक्त वहादुर भुजेल, रामेछापकै ८ वर्षीय सरोज कार्की, मनपा ६ कि ४६ वर्षीय गंगा खत्री रहेका छन् । घाइते हुनेहरु मध्य केहिको अवस्था भने रहेको छ।

छमताभन्दा बढी यात्रु बोकेर तिव्र गतिमा ओरालो तर्फ गुडिरहेको बसलाईं चालकले सुरक्षित अवतरणका लागि अकस्मात कच्चि सानो सडकमा उकालेको र सो क्रममा गाडी डाँडामा पल्टीएको थियो । चालकले ब्रेक फेल भएकाले कालोपत्रेको सडकबाट उकालो सानो बाटोमा बस चढाएको हुदा दुर्घट्ना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

दुर्घटना भएको खबर पाउना साथ सदरमुकाम मन्थलीबाट प्रहरी टोली र उद्धारकर्मी पुगेका थिए । घटनास्थलबाट घाईतेहरुलाई उद्धार गरेर सामान्य घाइतेहरुलााई मान्थलीको तामाकोशी सहकारी जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने केहि गम्भिर घाईतेहरुलाई काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिएको छ। घटनास्थल मन्थली वजार वाट करिव ३ किलो मीटर टाढा रहेको छ।

  • ६ माघ २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !