काठमाडौं – खानेपानी मन्त्रालयका वरिष्ठ सहसचिव राजनराज पाण्डेले मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुर ‘चरम घुस्याहा’ भएको आरोप लगाएका छन् ।
उनले घुमाउरो पारमा प्रचण्डकी बुहारी मगरको सचिवालय चरम घुस्याहा भएको उल्लेख गरेका छन् ।
वितग ६ महिनादेखि जिम्मेवारीविहिन रहेका उनले अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा आफू घुस नखाने कर्मचारी भएकाले मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको उल्लेख गरेका छन् ।
मन्त्रालयमा हाजिर गरिरहेका सहसचिव पाण्डेलाई ६ महिनादेखि जिम्मेवारीविहीन बनाइएको उनको आरोप छ ।
गत साउनदेखि पुस महिनासम्मको कार्यसम्पादन मूल्यांकन फाराममा पाण्डेले लेखेका छन्, ‘माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनैपनि कामको जिम्मेवारी नदिएको हुँदा कुनैपनि काम गर्न नपाएको ।’
के छ त आरोप
सहसचिवको यस्तो गम्भीर आरोपपछि मन्त्रीको निजी सचिवालयमा तहल्का मच्चिएको छ । सचिवालयले मंगलबार घटनाबारे स्पष्ट पार्दै पाण्डेको आरोपलाई कपोलपल्पित र भ्रामक भनेको छ ।
यस्तो छ जारी विज्ञप्ति