बझाङ्ग । संघीय सांसद प्रकाश रसाइली स्नेहीले कालंगा हाइड्रो बुंगली जनताका माग पूरा गर्नुपर्ने बताएका छन् । आजभोलिसँग कुरा गर्दै सांसद स्नेही भने, कालंगा हाइड्रोले बुंगली जनताका माग पूरा गरी उचित क्षतिपूर्ति दिनु पर्ने बताएका छन् । विकासका नाममा जनतालाई मार्कामा पार्ने कार्य ठीक नभएको समेत बताए ।
कालंगा हाइड्रो कसले संचालन गरेको छ भन्दा पनि बुंगली जनताका माग के हुन त्यो महत्वपूर्ण भएका जनाए । म बुंगली जनताका जायज मागको पक्षमा रहेको पनि बताए ।
वार्ताका माध्यमबाट सबै खाले समस्याको समाधान गर्नु पर्नेमा पनि जोड दिए । उनले भने, आवश्यक परेको खण्डमा म संसदमा समेत कुरा उठाउनेछु ।
लंगा हाइड्रोले बझाङ्गको विकास सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए । आफू समयमै यसलाई सम्पन्न गर्नको लागि सहयोग गर्ने समेत जानकारी दिए । तर उनले आफू जनता मारेर हुने विकासको विपक्षमा रहेको समेत बताए ।
तर कालंगा हाइड्रोका संचालक मध्येका एक खगेश्वर बोहराले भने, आफूहरु सधै जनताको माग पूरा गर्ने पक्षमा रहेका बताए । उनले, भने जायज माग सबै पूरा हुन्छन् । हाम्रो तर्फबाट कुनै रोकावट हुँदैन् । अहिले देखिएको समस्या पनि सहमतिमा समाधान गरिने जानकारी दिनु भयो ।
स्नेही बझाङ्ग जिल्लाबाट नेपाली कांग्रेसबाट निर्वाचित एक मात्र संसद हुन् । उनले सांसदमा विगतदेखि प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेका छन् ।