संसद्मा दुई तिहाईको दम्भ देखाए कांग्रेसले कडाप्रतिवाद गर्ने

आजभोलि

संसद्मा दुई तिहाईको दम्भ देखाए कांग्रेसले कडाप्रतिवाद गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले ११ गते जबरजस्ती बिधेयक पारित गर्न खाजे भिडन्त हुने जनाएका छन् । सभामुख कृष्ण बहादुर महराले जबरजस्ती गरे प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले भने ,‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ । सभामुख सदनमा आउनुपुर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न । र रहँदैन भन्ने कुरालाई सँधैभरि हामीले अपेक्षा गर्दछौं । तर, दुःखका साथ भन्नुपर्छ सम्मानीय सभामुखको भुमिकाबाट हामीले यो कुरालाई महशुस गर्न पाईरहेका छैनौं ।’

उनले चिकित्सा शिक्षा विद्येयक अरु विद्येयकभन्दा फरक विद्येयक भएको उल्लेख गरे । थापाले भने,‘जुन विद्येयक अनशनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा, माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होईन, प्रश्न यहाँ संसदको पनि हो ।’

नेकपाकै जिम्मेवार नेता एवम् संसदको सदस्यहरुले भोलि सदनमा यस्तो–यस्तो हुन्छ भनेर बाहिर यहाँबाट घोषणा गरिरहेको भन्दै उनले कडा टिप्पणी गरे । उनले भने,‘यहाँबाट फद्वा जारी राख्नुभएको छ । यस्तो–यस्तो हुन्छ भनेर । के व्यवस्थापिका–संसदको सभामुख कुनै अमुक पार्टीको अमुक कार्यकर्ता हो रु पार्टीको निर्देशनबाट, बाहिर खुल्लामञ्चबाट, खुल्ला ठाउँबाट योभन्दा मानमर्दन केही हुन्छ रु यहाँ संसदभित्र प्रतिपक्षले प्रतिरोध गर्दै गर्दाखेरि बोलेका कुराहरु र उठाएका विषयहरुले सदनको मानमर्दन भयो भनेर भनिएको छ। त्यो सदनको मानमर्दन हुने, अनि खुल्लामञ्च, चोक चौताराबाट भोलि सदन यसरी चल्छ, सदन चलाउने कसले हो रु पार्टीले हो रु सदन चलाउने सरकारले हो रु के सदन चलाउने सभामुखले हो रु सभामुखले भोलि यसो यसो गर्नुहुन्छ रु मैले आदेश दिईसकें । हाम्रो आदेश गैसक्यो भन्ने ढंगबाट आदेश दिईन्छ अनि भोलि सभामुख त्यसलाई टुलुटुलु हेरेर पालना गर्नुहुन्छ भने त्यो बेलामा नेपालको सदन, नेपालको संसदले सार्वभौम जनताको त्यो सार्वभौम भूमिका निर्वाह गर्न सकिरहेको छ त रु भन्ने प्रश्न उठ्छ ।’

उनले प्रधानमन्त्री ओलीलाई विदेशबाट स्वदेश फर्केर आईसकेपछि संसदमा मुठभेड नमित्याउन पनि आग्रह गरे । उनले भने,‘अस्पतालको कुरालाई ९अस्ति उहाँले भन्नुभएको छ० त्यसलाई मिलाउनुहोस् । चिकित्सा शिक्षा विद्येयकको सन्दर्भमा सम्झौता भएअनुसारको सदनबाट पारित गर्ने व्यवस्था मिलाउनुहोस । सदनपनि चल्छ । र, डाक्टर गोविन्द केसी पनि आफ्नो अनशनबाट उठ्नुपर्छ । हामी पनि त्यो बेलामा उहाँलाई भन्छौं । तपाई जिद्दी गरेर नबस्नुहोस भन्छौं । तपाईको अरु विषयमा पछि छलफल हुन्छ, यो विषयसँग नजोड्नुहोस भन्छौं । हामी पनि उहाँलाई भन्छौं ।’

भोलि विद्येयक अघि बढाईयो भने तपाईहरु के गर्नुहुन्छ भनेर सोधिएको एक प्रश्नमा उनले भने,‘सदनमा प्रतिपक्ष दलले आफ्ना विषयहरु राख्ने कुराको सन्दर्भमा सदनको मर्यादाभित्र रहेर आफ्नो कुराहरु राख्छ । राख्दैपनि आएको छ । तर, कतिपय कुराहरुको सन्दर्भमा सदनमा फरक ढंगबाट आफ्नो कुराहरु, सदन चल्न नदिएर, बैठक अवरुद्ध गरेर आफ्नो कुराहरु राख्छ । यो सदनको स्थापित परम्परा पनि हो । र, यसरी पनि प्रतिपक्षले सदनको मञ्चलाई प्रयोग गर्छ । होईन भने त सदनमा प्रतिपक्ष त जहिल्यैपनि अल्पमतमा हुन्छ ।

तर, हिजो नेकपाका नेता एवम् सांसद योगेश भट्टराईले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा कांग्रेस नेता रामचन्द्र पौडेल सभामुख भएको बेलामा मन्त्री बसेकै ठाउँबाट विद्येयक टेबुल भएको ईतिहाँस छ हामी पनि भोलि त्यही गर्छौं भनेर भन्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा थापाले भने,‘मेरो यसमा जम्मा दुई वटा कुरामा मात्रै प्रतिक्रिया छ । एउटा त म फेरि भनौं, सभा चलाउने सभामुखले हो । सभामुखले बसेको ठाउँमा दिनुहुन्छ, उठेको ठाउँमा दिनुहुन्छ वा के गर्नुहुन्छ भन्ने कुरा सभामुखले आफ्नो विवेक प्रयोग गर्ने हो ।

नियमभित्र बसेर गर्ने हो । सभामुखले कसैको आदेशको तामेली गर्ने होईन । त्यसैले सभामुखलाई आदेश दिने वा सभामुखले आदेशको तामेली गर्ने वा त्यसलाई बडो सहजतापूर्वक, सभामुखले अस्ति भन्नुभयो–प्रधानमन्त्रीको आदेश मैले नमानेर कहाँ हुन्छ रु, यो तरिकाबाट हामी गयौं भने हामीले अहिले बनाएको संसदको सार्वभौम अधिकार भत्कन्छ । दोस्रो कुरा, हिजो हामीहरुले गरेको कुराहरुलाई सम्झिएर, हिजो हामीले जे–जे गरेको, त्यही–त्यही गरेर हामी हिजोकै ठाउँमा पुग्ने भन्यौं भने हामी एउटा विषयमा मात्रै हिजोको ठाउँमा पुग्दैनौं । हिजोको ठाउँमा हामी फर्केर जान थाल्यौं भने दर्जनौं विषयमा हामी हिजोको ठाउँमा पुग्छौं । यसले अप्ठ्यारो सरकारलाई हुने हो । ५८ दिनसम्मपनि सदनमा छिर्न नदिएको पनि हिजोकै दिन हो । हिजो रामचन्द्र पौडेलको पालामा तलैबाट विद्येयक प्रस्तुत भयो भनेकोजस्तै, हिजो फेरि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलाजस्तै ५८ दिनसम्म सदनभित्र छिर्न नपाएको पनि हिजै हो ।’

थापाले हिजो फर्कने हो फर्कौं भन्दै भट्टराईलाई चुनौती दिएका छन् । उनले भने,‘हिजो फर्कने हो भने पनि फर्कौं, सबै कुरामा फर्कौं । त्यसले कता लान्छ रु त्यसले मुठभेडमा लान्छ । मुठभेडबाट देशलाई सकेसम्म अलग राखौं भन्ने चिन्ता त हामीलाई भन्दा बढि सरकारलाई छ त । काम त उसले गर्ने हो । हामी त मद्दत गर्न चाहन्छौं । हामी त सदनबाट सबै कानुन पारित गराउने अवस्था बनाउन चाहन्छौं ।’

  • १० माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !