काठमाडौं । संघीय संसदबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पास भएको छ । आजको बैठकमा सभामुख कृष्ण बहादुर महराले अनुमति दिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिधेयक पेश गरेका थिए । पेश लगत्तै पास भएको थियो ।
प्रतिपक्ष संसदले बिरोध गरेपछि मर्यादापालकले सुरक्षा घेरा दिएर मन्त्री पोखरेललाई रोष्टममा पुर्याएका थिए । निकै कडा सुरक्षाबीच मन्त्री पोखरेललाई रोष्टमसम्म पुर्याएको थियो ।
संसदमा पेश भएप्छि प्रतिपक्ष नेपाली कांग्रेसको बिरोधको बाबजुद पनि उक्त विधेयक पारित भएको हो । उक्त बिधेयकमाथि छलफल गर्नका लागि कसैले पनि नाम नटिपाएपछि आजै पारित भएको छ ।
प्रतिपक्षले संसदले बेल घरिरहेको बेला सभामुख महराले जबरजस्ती गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । महराले निरंकुशता प्रर्दशन गरेको समेत बताएको छ ।