काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आजदेखि कम्युनिष्ट अधिनायकवाद औपचारिकमा शुरु भएको बताएका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको बेल घेरिरहेको बेला जबरजस्ती शिक्षा बिधेयक पारित गर्नु निरंकुशता भएको जनाएका छन् ।
देउवाले सभामुख कृष्ण बहादुर महराले नेकपाको निर्देशनमा एकपक्षीय रुपमा पलेर लिएको आरोप लगाए । उनले भने यो कम्युनिष्ट अधिनायकवादी सरकार हो । एकलौटी ढंगले पेलेर अधिनायवादलाई पुष्ट गरेको समेत बताए ।
उनले भने सभामुखले आफ्नो हैसित गुमाएका छन् । स्वतन्त्र पदलाई बदनामी बनाएका छन् । यसकारण अब उनीमाथि विश्वास नरहेको पनि जनाए ।
फरक प्रशंगमा देउवाले भने, नेपाली कांग्रेसका नेताको नाममा भएका अस्पताल खारेज गर्ने षडयन्त्र भएको भन्दै सरकारको कडा आलोचना समेत गरे ।
उनले आगामी दिनमा पनि नेपाली कांग्रेसले सदन र सडकबाट आन्दोलन जारी राख्ने समेत बताएका छन् ।
File Photo