काठमाडौं । चिकित्सक संघले सरकारलाई दिएको ७२ घण्टे अल्मिेटम सकिएको छ । बिहानैदेखि शिक्षण अस्पताल महाराजगञ्ज भित्र प्रहरी तैनाथ गरिएको छ । प्रहरीको गेटदेखि भित्र बाक्लो उपस्थिति रहेको छ ।
नशनरत डा. गोविन्द केसीको समर्थनमा प्रर्दशन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । चिकित्सक र प्रहरीबीच केही निकै तानव सिर्जना भएको थियो ।
आजै चिकित्सक संघले आफ्ना आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएको छ । सरकारले ७२ घण्टासम्म पनि कुनै पहल नगरेकाले बाध्य भएर आन्दोलनका कार्यक्रम ल्याउने बाध्य भएकोअध्यक्ष मुक्तिरा श्रेष्ठले जनाएका छन् ।
सरकारले शिक्षा ऐन पारित गरेपछि अवस्था अझ बिग्रिदै गइरहेको जनाइएको छ ।