काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले गरे परोपकारी काम

आजभोलि

काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले गरे परोपकारी काम

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१७ का वडाअध्यक्षले राज्यबाट पाउने आफ्नो तलबभत्ता परोपकारी काममा खर्च गरिरहेका छन् । 

नेपाली काँग्रेसबाट निर्वाचित लालबन्दी–१७ का वडाअध्यक्ष नवराज अधिकारीले आफ्ना वडाका विपन्न वर्गलाई विभिन्न सहयोग गर्ने गरेका छन् । यसै क्रममा मंगलबार उनले रानीगंजका दुई विद्यालयका विद्यार्थीका लागि १ सय ४२ थान सुइटर सहयोग गरेका छन्।

उनले फौदसिंह मावि र कालिञ्जोर माविमा पढ्ने दलित, गरिब, जेहेन्दारलगायत विद्यार्थीलाई एक कार्यक्रमका बीच सुइटर वितरण गरेका हुन् । 

वडाअध्यक्षबाट सुइटर पाउँदा विद्यार्थीलाई निकै राहत पुगेको फौदसिंह माविका प्रधानाध्यापक मनीबहादुर गुर्मछानेले बताए। ‘आर्थिक अभावका कारण जाडोमा काम्दै विद्यालय आउन बाध्य विद्यार्थीलाई न्यानो सुइटर प्रदान गर्नुभएकामा वडा ध्यक्षज्यूलाई धेरै–धेरै धन्यवाद,’ कार्यक्रममा उनले भने, ‘यस्ता रचनात्मक अनि सहयोगी कार्यमा वडाअध्यक्षज्यूको ध्यान गइराखोस्।’

विद्यालयले नै छानेका विद्यार्थीलाई आफ्नो तलबभत्ताबाट सुइटर किनेर प्रदान गरिएको वडाअध्यक्ष अधिकारीले बताए। ‘प्रायः विपन्न वर्गका विद्यार्थी पढ्ने उक्त दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई जाडोबाट बच्न सुइटर बाँडेको हुँ।’

वडाअध्यक्ष अधिकारीले गएको दसैंमा तलबभत्ताकै रकमबाट सुकुमबासी परिवारलाई चामल तथा सहित नगद सहयोग गरेका थिए । उनले पूर्व–पश्चिम राजमार्गबाट उत्तर मनकामना सामुदायिक वनको छेउमा रहेको नयाँबस्तीस्थित १५ सुकुमबासी परिवारलाई जनही एक बोरा चामल र एक हजार रुपैयाँ प्रदान गरेका थिए।

पुस्तौंदेखि सडकमै बास बसिरहेका ३६ सुकुमबासी परिवारले वडाअध्यक्ष अधिकारीकै पहलमा नगरपालिकाको बजेटबाट पाँच–पाँच धुर जमिनसमेत पाएका छन्। सोही जमिनमा घर बनाएर सरिसकेका १५ परिवारलाई दसैं मनाउन उनले सहयोग गरेका थिए।

त्यस्तै वडाअध्यक्ष अधिकारीले लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म भुवनेश्वरी वृद्ध सेवाआश्रमलाई केही दिनअघि ४० इन्चीको एलइडी टेलिभिजन सेटसमेत प्रदान गरेका थिए । आश्रमका ज्येष्ठ नागरिकले टेलिभिजन हेर्न नपाएको जानकारी पाएपछि आफूले सहयोग गरेको अधिकारीले जानकारी दिए। ‘मलाई खान र लाउन पुग्ने आफ्नै सम्पत्ति छ,’ वडाअध्यक्ष अधिकारीले भने, ‘त्यसैले वडा कार्यालयको बजेट पनि परिषद्बाट पारित भएअनुसार पारदर्शी ढंगले काम गरिरहेको छु र आफूले पाएको तलब भत्ताबाट विपन्न समुदायको सहयोगमा खर्च गरिरहेको छु।’

सुइटर वितरण कार्यक्रममा पूर्व पशुपक्षी विकास राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठले वडाअध्यक्ष अधिकारीको मनकारी भावना साह्रै सह्रानीय भएको बताए। ‘वडाअध्यक्षज्यूको यो काम निकै सह्रानीय छ,’ उनले भने, ‘माथिल्लो तहमा प्रतिनिधित्व गर्ने हामीजस्ता राजनीतिकर्मीलाई समेत उहाँको कामले मार्गदर्शन गरेको छ।’

  • १६ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !