चेलीबेटीलाई ‘अन्नी’ दिन सुदूरपश्चिममा माइतीलाई भ्याइनभ्याईः ‘चेलीत्यार’ बिस्तारै लोप हुँदै

आजभोलि

चेलीबेटीलाई ‘अन्नी’ दिन सुदूरपश्चिममा माइतीलाई भ्याइनभ्याईः ‘चेलीत्यार’ बिस्तारै लोप हुँदै

सुनकुडा । सुदूरपश्चिमका चेलीबेटीलाई अन्नी अर्थात् फाको (खानेकुरा सहितको कोसेली) दिने पर्व शुरु भएको छ । बिवाहित चेली आफ्नो घरमा रहँदा माइतीले अन्नी (अर्नी) दिने चलन रहेको छ । यो माघदेखि बैखाशसम्म रहने गर्दछ ।

आमाबुवा तथा दाजुभाईले माइतीबाट मिठाखानेकुरा पकाएर चेलीबेटीको घर जाने चलन रहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा यो निकै प्रचलित चलनको रुपमा रहेको छ । माइतीले मिठामिठा खानेहरु कुराहरु बाबर, लौन (पुरी), माणा, प्वा (हलुवा), खीर लगायतका खानेकुरा पकाएर केसुली लाने चलन छ ।

बिवाहपछि माइतीबाट टाढा रहेको चेलीहरुलाई न्यास्रो नहोस भनेर माइती गएर भेटने र अन्नी दिने चलन रहेको छ । माइतीबाट निकै टाढा बिवाह भएकाहरुलाई बिशेष गरी अन्नी दिइन्छ ।

पहिलो चोटी बिवाह भएर गएका चेलीहरु पहिलो प्राथमिकता राखेर अन्नी दिने चलन छ । पहिलो पटक बिवाह भएकाहरुका लागि बिवाहित घर तथा समाज सबै नयाँनौलो भएका कारण पनि उसलाई दैनिक जीवनमा कठीनाई नहोस भनेर माइतीले कठीन महिना मानिने माघमा अन्नी दिने चलनछ ।

पछिल्लो समयमा आएर लूगा तथा अन्य उपहार पनि दिने गरिन्छ । पहिले संचार कुनै माध्यम नभएको हुनाले पनि माइती आफै गएमात्र भेटघाट हुने समस्या थियो । त्यही भएर माइतीहरु चेली भेट्न जाने चलन थियो ।

समय बदलिएको छ । संचारका नयाँ सुबिधाहरु आएका छन् । गाउँ गाउँमा सडक बिस्तार भएका छन्। यसले गर्दा त्यो चलन बिस्तारै हट्दै गएको देखिन्छ । बसाई सराई तथा रोजगारीको कारण पनि त्यो चलनमा कमी आएको हो । अहिले फोन सम्पर्क तथा सामाजिक संजाल मार्फत छिनछिनमा सम्पर्क हुने भएकाले त्यो चलन हट्दै गएको हो ।

  • १७ माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !