मदन राजवँशी, गौरीगञ्ज । नेबिसँघका बिद्यार्थीहरुले गौरीगञ्ज चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउन खोज्दा स्थिती केहि बेर तनाबपुर्ण बनेको थियो । शुरुमै बिद्यार्थीहरुबाट प्रधानमन्त्रीको पुत्ला प्रहरीले खोसेपछी बिद्यार्थीहरुले अर्को पुत्ला बनाएका थिए ।
छात्राहरुले सो पुत्ला जलाउन लाग्दा प्रहरीले पुन हस्तक्षेप गरि अर्को पुत्ला पनि खोसेका थिए । पुत्ला खोसाखोस गर्ने क्रममा केहि बेर बिद्यार्थी र प्रहरी बिच घम्साघम्सी भएको थियो । पुत्ला जलाउन खोजेपछी प्रहरीले नेबिसँघका कृष्ण दास भोला राजवँशी प्रदुमन साह र स्तव हुसैन लगायतलाइ पक्राउ गरि प्रहरी भ्यानमा हाल्न खोजेपछी स्थिती पुन तनाबपुर्ण बनेको थियो ।
धडपकड कै क्रममा प्रहरीको लाठी लागि गौरीगञ्ज क्याम्पसका नेबिसँ अध्यक्ष कृष्ण दास नेबिसँघका जिल्ला सदस्य देब ताजपुरिया र भोला राजवँशी स्तब हुसैन लगायतका बिद्यार्थीहरुलाइ सामान्य चोट पटक लागेको कुरा अध्यक्ष दासले बताए ।
छात्राहरुमाथी पुरुष प्रहरीले हस्तक्षेप गरेपछी स्थिती केहिबेर तनाबग्रस्त बनेको थियो । त्यसपछी महिला माथी पुरुष प्रहरीहरुले हातपात गरेको भनि बिद्यार्थीहरुले प्रहरी बिरुद्ध चर्का नारा लगाएका थिए ।
गौरीगञ्ज क्याम्पसबाट बिहान आठ बजे निस्केको बिद्यार्थीको जुलुसमा गौरीगञ्ज गाउपालिका भित्रका बिभिन्न उच्च माबिका नेबिसँघ बिद्यार्थीहरु सहभागि भएका थिए । ओलीको पुत्ला जलाउने देश ब्यापी अभियानलाइ निरन्तरता दिदै सयौको सँख्यामा निस्केको सो बिद्यार्थी जुलुसले केपी ओली मुर्दाबाद, बाइडवडी भ्रष्टाचार छानबिन गर , निर्मलाको हत्यारालाइ फासी दे, डा केसीको माग पुरा गर , ओली सरकारको उपहार हत्या हिँसा बलात्कार लगायतका चर्का नारा लगाउदै गौरीगञ्ज र खजुरगाछी बजार परिक्रमा गरेका थिए ।