काठमाडौं । चलचित्र विकास वोर्डको अध्यक्षबाट निकिता पौडेलले राजीनामा दिएकी छिन् । उनले बुधबारबाट लागू हुने गरी राजीनामा दिएको जनाइएको छ ।
उनले सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई दिएको राजीनामा पत्रमा आफुनो व्यक्तिगत व्यस्तताले राजीनामा दिनु परेको उल्ल्ेख छ ।
उनी २०७४ साल मंसिर २५ गते खुला प्रतिस्प्रर्धाबाट उक्त पदमा छानिइकी थिइन् । वर्तमान सरकारले उनलाई हटाए पनि सर्वोच्चको आदेशपछि पुर्नस्थापना गरेको थियो ।
वर्तमान संचार मन्त्रीले पौडेललाई बारम्बार राजीनामा दिन दबाब दिर्दै आइरहेको श्रोतको दाबी रहेको छ । उनले अघिल्लो बैठकमा पनि उनीप्रति दबाब सिर्जना गरेको जनाइएको छ ।