काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू भेनेजुयलाको पक्षमा अडिग रहेको बताएका छन् । स्वतन्त्र मुलुकमाथिको हस्तक्षेप अस्वीकार्य हुने समेत बताए । चितवनमा भएको एक कार्यक्रममा उक्त जनाकारी दिएका हुन् ।
उनले दाबी गरे मेरै वक्तव्यलाई समर्थन गर्दै परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो। त्यसमा पनि मूल त्यही स्प्रिट थियो ।
मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उहाँले बताए । पार्टी र परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट पारिसकेको उहाँले उल्लेख गर्नुभयो । आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उहाँले बताए ।
अर्को एक सन्दर्भमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशबाहिर भएका बेला विभिन्न देशका राजदूतहरुले शान्ति प्रक्रियाका विषयमा जारी गरेको विज्ञप्तिलाई नेपालको मामिलामाथिको अनावश्यक चासोको अभिव्यक्ति भएको दाहालले टिप्पणी टिप्पणी गरे ।
उनले भने सकेसम्म यही महीनाभित्र नभए फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता हुने दाबी गरे । कार्यदलले रिपोर्ट दिएपछि एकता टुङ्ग्याएर अभियानमा लाग्ने उहाँको भनाइ छ । फागुन र चैत महीनामा पार्टीले गरेका कामसमेतलाई जानकारी गराउँदै गाउँगाउँमा अभियान गरिने बताए ।