सरकारद्वारा मेलम्चीको ठेक्का रद्द

आजभोलि

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग र हेडवक्र्स निर्माणको ठेक्का पाएको इटालीयन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का तोडेको छ ।

मेलम्ची खानेपानी आयोजना निर्माणको काम छाडेर इटाली फर्केको सीएमसीलाई काममा फर्कन दिएको १४ दिनको समयसम्म पनि सीएमसी काममा नफर्केकोले सरकारले बाध्य भएर आज सीएमसीसँगको ठेक्का तोडेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिए ।

सीएमसीसँगको ठेक्का नतोड्दा ठेक्काको बैंक ग्यारेन्टी गुम्न सक्ने र आयोजना निर्माणमा पनि थप विलम्ब हुने भएकाले सरकारले बाध्य भएर सीएमसीसँगको ठेक्का तोडेको उहाँले स्पष्ट पारेका छन् ।

सचिव ठाकुरले मेलम्ची खानेपानी आयोजना छिट्टै सम्पन्न गर्नका लागि अव आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

  • २४ माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !