सांसद स्नेहीद्वारा चेतावनीः कालंगा हाइड्रोले यसैगरी एकलौटी ढंगले अघि बढे निर्माण कार्यमा अबरोध गरिने

आजभोलि

काठमाडौं । बझाङ्ग जिल्लाबाट निर्वाचित संघीय सांसद प्रकाश रसाइली स्नेहीले कालंगा हाइड्रोले यसरी नै एकलौटी ढंगले अघि बढे निर्माण कार्य अबरोध गर्ने चेतावनी दिएका छन् । उनले भने, जनताको अवश्यता पूरा नगरे, पर्यावरण विनास नरोके तथा पुरातात्विक सम्पदा विगार्ने कार्य नरोके कालंगा हाइड्रोले ठूलो समस्याको सामना गर्नु पर्ने बताए ।

निर्माण कार्य गरिरहने तर जनसरोकार मुद्दा ओझेलमा पार्दै जाने कार्य स्वीकार्न सकिदैन् । जनताका मुद्दापनि सँगसँगै सम्बोधन गर्नुपर्छ, उनले भने ।

उनले अरोप लगाए, कालंगा हाइड्रोले केही सिमित व्यक्ति स्वार्थमा जनतलाई अटेर गरेको समेत दाबी गरे । हामी कुनै पनि हालतमा यस्ता गलत कार्य हुन दिन्नऔं । उनले आक्रोसित हुँदै भने, आवश्यक परे हामी सडकदेखि सदनसम्म बुलन्द आवाज उठाउछौं । यो अवाजलाई कमजोर ठाने त्यसबाट जे हुन्छ, त्यसको जिम्मा संचालकले लिनुपर्ने बताए ।

कालंगा हाइड्रोले यो परियोजना शुरु हुनुभन्दा पहिले स्थानीयसँग गरेको सम्झौता तथा समझदारी अहिलेसम्म कार्यान्वयन नगरेको स्थानीय जनाए । केही दिन बुंगलमा स्थानीयले निर्माण कार्य नै बन्द गरेका थिए । उनीहरुले एक महिनाका लागि निर्माण कार्य खोलेका छन् । आन्दोलन जारी नै रहेको गिरौंका स्थानीयले बताए ।

कालंगा हाइड्रोका कारण ४ दर्जन खेती कुलो तथा ५ ओटा मसानघाट बन्द हुने अवस्थामा पुगेका छन् । एक दर्जन मन्दिरहरु खतरामा परेका छन् भने हजारौ रुख काटिएका छन् । घट्टिउणी गाड थुनेको कारण पहिलो जाने खतरा बढ्दै गइरहेको छ । तर पनि कालंगा हाइड्रो संचालक स्थानीय जनतालाई लडाई राखेका छन् ।

  • १ फाल्गुन २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !