प्रजातन्त्र दिवस भव्य मानाइनेः प्रधानमन्त्रीको अध्यक्षतामा मूलसमारोह

आजभोलि

काठमाडौं। आगामी ६९ ओं प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म भव्यताका साथ मनाइँदैछ । यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसम्बाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो ।

प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले सो आह्वान गर्दै नेपाल टेलिभिजन र रेडियो नेपालबाट फागुन ७ गते सैनिकमञ्च, टँुडिखेलमा आयोजना हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र अन्य टेलिभिजनहरुले ‘हुक’ गर्नसक्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको थियो ।

सो अवसरमा सचिव गुरुङले प्रजातन्त्र दिवसका महत्वका बारेमा आम नागरिकलाई सुसूचित हुनेगरी समाचार, विचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नभयो, “हामी नेपाली जो जहाँ छौँ, प्रजातन्त्र दिवस भव्यरुपले मनाऔँ ।”

बैठकमा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत अन्य निकायका प्रमुखको सहभागिता रहेको थियो ।

Photo: Google.com

  • ५ फाल्गुन २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !