महाकुम्भ मेलामा मोदीः स्नानदेखि झाडूवालाका खुट्टा सफाइसम्म

आजभोलि

महाकुम्भ मेलामा मोदीः स्नानदेखि झाडूवालाका खुट्टा सफाइसम्म

ऐजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार महाकुम्भ मेलामा गंगा स्नान गरेका छन् । उनले विधि अनुसार पाठपूजा पनि गरेका थिए । भीभीआइपीका लागि तयार पारिएको स्थानमा र संगममा उनले गंगा स्नान गरेका थिए ।

६५ वर्ष अघि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले पनि महाकुम्भमा नुहाएका थिए । त्यसपछि गंगा स्नान गर्नेमा भारतीय प्रधानमन्त्री मोदी हुन् । उनको गंगा स्नान तथा प्रयागराज भ्रमणले भारतीय राजनीतिक वृत्तमा ठूलो चर्चा पाएको छ ।

उनको गंगा स्नान भन्दा पनि उनले प्रयागराजमा ५ जना झाडूवाला कर्मचारीको खुट्टा सफाईले अझ हंगामा मच्चाएको छ । उनले ५ जना सरसफाई कर्मचारीका पहिलो चरण पानीले खुट्टा धोएका थिए । त्यसपछि उनले रुमालले पाँचै जनाको खुट्टा पुछी दिएका थिए ।

स्वच्छ भारत अभियान अन्तगरगत मोदी सफाईवाला कर्मचारीलाई सम्मान गरेको मोदीको निजी श्रोतले जनाएको छ । तर विपक्षी दलहरुले भने प्रधानमन्त्री मोदीको यस कार्यलाई नौटंकीको संज्ञा दिएको भारतीय संचार माध्यमले जनाएका छन्।

हिन्दूहरु भोट आफूतिर तान्नको लागि प्रधानमन्त्री मोदीले यो सबै गरेको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् । यस कार्यले मोदीको सामाजिक संजालमा ठूलो आलोचना समेत भइरहेको छ ।

Photo: BJP4India/Twitter

  • १२ फाल्गुन २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !