भारतमा मारिएका गोर्खा सैनिकको लाश भारतले गायब गरेको आरोप

आजभोलि

भारतमा मारिएका गोर्खा सैनिकको लाश भारतले गायब गरेको आरोप

जेनेभा । ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध गरेका छन् ।

नेपाली समय अनुसार १४स् १० मा संयुक्त राष्ट्र संघ , मानवअधिकार परिषद् जेनेभाको ४० औं सत्रमा संबोधन गर्दै नेपालले लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध विरोध गरेका हुन् ।

सम्बोधनमा नेपालले सन् १९४७ नोवेम्बर ९ मा गोरखा सेना सम्बन्धमा भएको सन्धी अनुसार सेनालाई भारत र बेलायतमा भाग बण्डा भएको थियो ।

सबै लडाइँमा मारिएका सेनालाई आफ्नो घर परिवारलाई बुझाईन्छ तर भारतीय गोरखा सेनामा रहेका नेपालीहरु लडाइँमा मारिदा उनीहरूको लास परिवारलाई हस्तान्तरण गरिदैन । यसरी हुने अमानवीय, अन्यायपूर्ण, असमान व्यवहारलाई रोक्न समेत नेपालले सभामा सम्बोधन गरेका छन् ।

यस भन्दा अघिको सभामा नेपालले सुगौली सन्धी मार्फत नेपाल गुमाएका ६० हजार वर्ग कि।मि जमिन भारतले उपनिवेश बनाएको बारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराएका थिए ।

  • ५ चैत्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !